मोबाइल चोरी गरेर बिक्रीका लागि फेसबुकमा राखेपछि...
पाेखरा | जेठ २२, २०८१
पोखरा: पोखरामा मोबाइल चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट मोबाइल चोरी गरेको आरोपमा म्याग्दीका युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेको युवकको साथबाट अंग्रजी नयाँ वर्ष र सहकारी दिवसको दिन हराएको आईफोन र सामसुङ मोबाइल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।
सहकारी दिवसको दिन पोखरा सभागृहबाट सामसुङ मोबाइल चोरी गरेर मोबाइलमा रहेको ईसेवा ह्याक गरेर १८ हजार १ सय २५ रुपैयाँसमेत ट्रान्सफर समेत गरेको जाहेरीको आधारमा अनुसन्धान गर्दै म्याग्दी घर पोखरा जाल्फा रोडमा बस्दै आएका २० वर्षीय युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका युवकले अनुसन्धानको क्रममा चोरी गरेको मोबाइल फेसबुकमा बिक्रीको लागि राख्ने गरेको र बिक्री पश्चात उक्त फेसबुक आइडी डिलिट गर्ने गरेको बयान दिएका छन् । प्रहरीका अनुसार उनले विभिन्न कम्पनीका १५÷१६वटा चोरी भएका मोबाइल बिक्री गरेको जनाएको छ ।
पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् । व्...
पोखरा: नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । उनले आफू निर्वाचित भए...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

